क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको ५२ औ यस्तो बार्षिक उत्सव

क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको ५२ औ यस्तो बार्षिक उत्सव

विराटनगर, ६फागुन ।
पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र विराटनगरले आफ्नो ५२ औं बार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगरको खेल मैदानमा आईतबार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरी मनाएको हो । विविध साँस्कृतिक तथा खेलहरु प्रर्दशन गरि बार्षिक उत्सव मनाएकाृे हो । तालिम केन्द्रले विभिन्न खेलहरुमा विजेता भएका खेलाडीहरुलाई पुरस्कृत समेत गरेको छ ।
पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्रले आन्तरिक रुपमा फुटवल, भलिवल, ब्याडमिन्टन, टेवलटेनिस, लामो तथा छोटो दौड प्रतियोगिता गरेको थियो । प्रतियोगितामा विजेताहरु खेलाडीलाई पुरस्कृत गरेको छ । प्रथम तथा द्धितीय हुने प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा अन्य बिशिष्ट अतिथिहरुले शिल्ड, मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । सोही तालिम केन्द्रको ५२ औ बार्षिक उत्सवको अवसरमा प्रकाशन गरिएको ‘प्रहरी जवान स्मारिका’ वर्ष ५२ अंक १८ को कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायले बिमोचन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी उपाध्यायले योग्य जनशक्तिले उचित प्रशिक्षण गरे पश्चात मात्रै कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्नेमा शंका नरहने बताउनुभयो । बदलिदो परिवेश, समाज र संगठनका नविनतम् आवश्यकतालाई मध्यनजर गरी आईपर्न सक्ने चुनौती र अवसरहरुलाई ब्यबसायिक जीवनमा लागुगरि आवश्यकता अनुरुप परिचालन हुन आग्रह गर्नुभयो ।
साथै उपाध्ययले दक्ष, कुशल एंव प्रभावकारी जनशक्ति उत्पादनका लागी तालिम केन्द्रले उच्चतम आफ्नो श्रोत र साधनको अधिकतम् परिचालन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले विकासको पुर्वाधार सुरक्षा भएको हुँदा यसमा कति पनि विचलित नभई, सम्झौता नगरी कार्यक्षेत्रमा परिचालित हुन एक नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गतका सबै राष्ट्र सेवक प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य , सुरक्षा निकायका बिशिष्ट अधिकारीहरु, बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार तथा पूर्व प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्