अर्घाखाँचीमा यसरी पोथी चितुवा मृत भेटियो

अर्घाखाँचीमा यसरी पोथी चितुवा मृत भेटियो

अर्घाखाँची, ६ फागुन । अर्घाखाँचीको सन्धिखर्कमा मृत अवस्थामा पोथी चितुवा फेला परेको छ । सन्धिखर्क नगरपालिका –१० को खहरेखोला सामुदायिक वनमा मृत अवस्थामा भेटिएकोचितुवा  हो  ।

वनमा मरेको अवस्थामा चितुवा देखेपछि स्थानीय बासिन्दाले वन कार्यालयमा खबर गरेका थिए । जिल्ला वन कार्यालय अर्घाखाँचीका प्रमुख दिपक ज्ञवालीले सन्धिखर्क १० को जंगलमा चितुवा मृत अवस्थामा भेटिएको बताउनुभयो । ज्ञवालीले चितुवा मरेको  अवस्थामा भेटिएको र अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्