टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने

टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने

७ फागुन ।  इंग्लिस फुटबल प्रतियोगिता एफ ए कप अन्तर्गत गएराति टोटेनह्याम र रोचडेल बीचको पाँचौ चरणको खेल पुनः खेलाइने भएको छ ।

दोस्रो डिभिजनको क्लब रोचडेलले अन्तिम समयमा गोल गर्दै खेल बराबरीमा पुर्याएपछि टोटनह्यामले यो खेल फेरि खेल्नुपर्ने भएको हो । रोचडेलको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एक गोलको अग्रता जोगाउन सकेन् ।

दोस्रो डिभिजनको पनि पुछारमा रहेको क्लब रोचडेलले टोटनह्याम विरुद्ध खेलको ४५ औं मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि लान हेन्डरसनले गोल गरे । तर त्यसपछि टोटनह्यामले लगातार २ गोल गर्न सफल भयो ।

एक गोल लुकास मोउराले गरे भने अर्को गोल हेरी केनले पेनाल्टी मार्फत गरे । तर खेल सकिन केही सेकेण्ड बाँकी हुँदा रोचडेलका स्टिभ डेभिसले अप्रत्यासित गोल गर्दै टिमलाई हारबाट बचाए । जसका कारण टोटनह्यामले क्वार्टरफाइनलमा पुग्नका लागि फेरि अर्को खेल खेल्नु पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्