पुर्वका धेरै ठाउँमा सिआइवीको छापा, मोरङबाट एकजना पक्राउ

पुर्वका धेरै ठाउँमा सिआइवीको छापा, मोरङबाट एकजना पक्राउ

विराटनगर, ७ फागुन ।
पुर्वी नेपालका धेरै ठाउँमा सिआईवीले छापा मारेको छ। केन्द्रीय अनु्सन्धान ब्युरो सिआईवीको टोलीले आईतवार मोरङ र सुनसरीमा अबैध रुपमा बैकिङ कारोवार गरेको सुराकीका आधारमा धेरै स्थानका सुन पसल सहित सहकारीहरुमा छापा मारेको हो। सिआईबीको टोलीले मोरङको एक सहकारीबाट १ जनालाई नियन्त्रणमा लिएको छ । अनुमती नै नलिईकनै अबैध रुपमा वितीय कारोवार गरेको आरोपमा सिआईवीको टोलीले सहरकारी संचालक एकजनालाई पक्राउ गरेको जनाएको भएपनि नाम सार्बजनिक गरेको छैन । सिआईवीले सुनसरी धरानको हलेसी गहनागृह र ईन्भेष्टमेन्ट प्रा.लि.का संचालक दम्पति चन्द्र गजमेर र श्रीमती अनितालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ। तर मोरङमा पक्राउ परेका ब्यक्तिको बारेमा प्रहरीले जानकारी दिएको छैन । यस बारेमा मोरङका प्रहरी उपरिक्षक अरुण बिसीले सिआईवीको टोलीले एकजनालाई पक्राउ गरेको सम्म जानकारीमा आएको भएपनि को–के को लागि पक्राउ प¥यो भन्ने जानकारीमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई सहयोग मागेपछि हामीले सहयोग गरेर प्रहरी पठाउने हो त्यो बाहेक अरु जानकारी हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्