आज प्रजातन्त्र दिवस, देशमा प्रजातन्त्र बहाली भएको ६८ वर्ष पूरा

आज प्रजातन्त्र दिवस, देशमा प्रजातन्त्र बहाली भएको ६८ वर्ष पूरा

एक सय चार वर्षको जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ । सोही दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रमका साथ ‘६८औँ प्रजातन्त्र दिवस’ मनाइँदैछ ।२००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १ सय४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो । त्यस्तै, प्रजातन्त्र स्थापनाका लागि शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले वि.सं. १९९७ माघमा दिएका बलिदान उल्लेखनीय छ ।

जनक्रान्तिको माध्यमबाट राणाको पारिवारिक शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति विद्या देवी भण्डारीले जनताले गरेको आन्दोलनबाट प्राप्त गरेका उपलब्धीहरुको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशिशत भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु अहिलेको मुख्य जिम्मेवारी रहेको बताउनुभएको छ ।

उहाले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचन मार्फत प्राप्त जनादेश अनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नु आवश्यकता रहको समेत औल्याउनुभयो । त्यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले बलिदानका साथ ल्याएको प्रजातन्त्रलाई निर्वाचनसँगै थप मजबुत बनाएको जनाउँदै स्थिर राजनीतिले मुलुकमा समृद्धि र विकास ल्याउने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरि काँग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कृयाशील र संस्थागत गर्न सकेमात्र प्रजातान्त्रिक आन्दोलनमा बलिदानी दिएका शहीदको सम्मान हुन सक्ने धारणा समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्