पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीको छापा :५ वटा वित्तीय संस्थाका ८ जना पक्राउ

पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीको छापा :५ वटा वित्तीय संस्थाका ८ जना पक्राउ

विराटनगर, ७ फागुन ।पूर्वी नेपालका धेरै ठाउँमा सीआइबीले छापा मारेको छ । केन्द्रीय अनु्सन्धान ब्यूरो सिआइबीको टोलीले मोरङ र सुनसरीमा अवैध रुपमा वीत्तीय कारोबार गरेको सुराकीका आधारमा धेरै स्थानका सहकारीमा छापा मारेको हो । अनुमती नै नलिइकनै अवैध रुपमा वित्तीय कारोबार गरेको आरोपमा सिआइबीको टोलीले ५ वटा वित्तीय संस्थाका ८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले इन्भेष्टमेन्ट बैंकका सञ्चालकले कानून विपरित कारोबार गरेको जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो । प्रहरीले सुनसरीको इटहरीस्थित आपन इन्भेष्टमेन्ट प्रालीका भीमप्रसाद चौधरी र श्याम पेशकार थारुलाई पक्राउ गरेको छ । उनीहरुका साथबाट कारोबारमा संलग्न कागजात पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुनसरी धरानस्थित हलेसी इन्भेष्टमेन्ट प्रालिका चन्द्र बहादुर बिक र अनिता बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ल्यापटप, पासबुक, धितो राखिएको जग्गाधनीपूर्जालगायतका सामान पनि बरामत गरिएको प्रहरीले जनाएको छ । स्थानीय नागरिकबाट उनीहरुले अवैधानीक रुपमा ६ करोड ९९ लाख ८० हजार ७ सय ३७ रुपैयाँ कारोबार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोरङको विराटनगरस्थित चोतारी इन्भेष्टमेन्ट प्रालिबाट सञ्चालक राजु साहलाई पक्राउ गरेको छ । उनको साथबाट पनि ल्यापटप, पासबुक, धितो राखिएको जग्गाधनीपूर्जालगायतका सामान बरामत गरिएको प्रहरीले जनाएको छ । उक्त प्रालिले अवैधानिक रुपमा स्थानीय नागरिकसँग ८ लाख ६१ हजार २ सय ७५ रुपैयाँ कारोबार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सुनसरीकै इटहरीबाट मन्सुन इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुनिल गुरागाईँलाई पक्राउ गरेको छ । उक्त प्रालिले स्थानीय नागरिकबाट अवैधानिक रुपमा ५० लाख रुपैयाँ कारोबार गरेको प्रहरीले बताएको छ । प्रहरीले सुनसरीकै छिन्ताङ इन्भेष्टमेन्ट प्रालिका डिल्लीप्रसाद आचार्य र प्रकाश आचार्यलाई पनि पक्राउ गरेको छ । उक्त संस्थाले भर्खरै बचत ऋणको कारोबार सुरु गरेको प्रहरीले जनाएको छ ।

वित्तीय संस्थाले संस्था दर्ता विपरित कार्य गरेको , वित्तिय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैक तथा सहकारी विभगको स्वीकृत नलिई अवैधानिक रुपमा बचत संकल्न तथा ऋण प्रवाह गरेको, बैक तथा सहकारीको ब्याजभन्दा बढी ब्याज दिने प्रलोभन देखाई बचत संकल्न गरेको र उक्त बचतलाई  २४ ५ भन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको प्रहरीले जनाएको छ ।

ती वित्तीय संस्थाले कार्यालय नै नराखी झोलाबाट नै कार्यालय सञ्चालन गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ९ करोड ९७ लाख ८९ हजार ६ सय ७१ रुपैयाँ विगो नियनत्रणमा लिएको जनाएको छ । प्रहरीले विगो अझै बढ्न सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्