​चितवनमा दुई वडा अध्यक्षको मृत्यु , फरार चालक पक्राउ

​चितवनमा दुई वडा अध्यक्षको मृत्यु , फरार चालक पक्राउ

चितवन,७ फागुन  । चितवनको रत्ननगर नगरपालिका–३, शान्तिचोकमा गए राति भएको सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका खैरहनी नगरपालिकाका वडाध्यक्षको सोमबार उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बिहान १०ः१५ बजे खैरहनी नगरपालिका –४ का वडाध्यक्ष नरेन्द्र अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

गए राति ८ः३० बजे भएको सो दुर्घटनामा परि सोही नगरपालिका –५ का वडाध्यक्ष विश्वविजय बस्नेतको राति नै मृत्यु भएको थियो ।  खैरहनीबाट रत्ननगरतर्फ आउँदै गरेको ना३च ९८४० नंको तरकारी बोक्ने पिकअप भ्यान र विपरीत दिशाबाट जाँदै गरेको खैरहनी नगरपालिकाको बा२झ १३४४ नंको गाडी एकापसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका एकजना सवारी चालक खैरहनी–१२ का राजकुमार अधिकारीको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
फरार रहेका तरकारी बोक्ने गाडीका चालक सुमन अर्याल चितवनको सूर्यपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्