पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएमलाई

पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएमलाई

विराटनगर, ७ फागुन ।
प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरको बिकेभिएम स्कूलले जितेको छ । मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सोमबार सम्पन्न भएको फाइनलमा सगरमाथा स्कूललाई पराजित गर्दै बिकेभिएम स्कूलले उपाधिमाथि कब्जा जमाएको हो ।
सगरमाथालाई बिकेभिएमले २५–१८, २५–१८ र २५–१३ को सोझो सटेले पराजित गर्यो । जितसँगै बिकेभिएमले ट्रफि, मेडल तथा प्रमाणपत्र हात पा¥यो । उपविजेता सगरमाथा भएको छ । तृतीय विराटनगरमा रहेको मोर्डन एरा भयो । मोर्डन एराले अरनीको स्कूललाई २५–१९, २५–२१ र २८– २६ को सोझो सेटले पराजित गरगरेको हो ।
प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुलाई उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य अविनाश बोहरा, मोरङ विद्यालय भलिबल कमिशनको अध्यक्ष प्रेमलालसिंह सुवाल, बिकेभिएम स्कूलका प्रिन्सिपल रविन दाहालले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्