इन्सेक २६ औं मानव अधिकार वर्ष पुस्तक सार्वजानिक, दुईजना पत्रकारलाई पुरस्कृत

इन्सेक २६ औं मानव अधिकार वर्ष पुस्तक सार्वजानिक, दुईजना पत्रकारलाई पुरस्कृत

विराटनगर, ७ फागुन । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) पूर्वाञ्चलले दुईजना पत्रकारलाई पुरस्कृत गरेको  छ । एकवर्षको अवधीमा पूर्वाञ्चल क्षेत्रभरी मानव अधिकारको विषयमा जोखिमपूर्ण लेख्ने पत्रकार तथा इन्सेक प्रतिनिधिलाई नगद राशीसहित सम्मान गरिएको हो ।

प्रजातन्त्र दिवसको अवसरमा २६ औं मानव अधिकार वर्ष पुस्तक सार्वजानिक गर्न विराटनगरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष इन्दिरा भट्टराई र सप्तरीका पत्रकार मनोहर पोखरेललाई सम्मान तथा पुरस्कृत गरिएको हो । भट्टराई र पोखरेललाई उच्च अदालत विराटनगरका न्यायधिश थीरबहादुर कार्कीले नगद ७ हजार राशीको पुरस्कारसहित सम्मानपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्