युुवा संघ १ नं प्रदेश सचिवाल बैठकले गर्यो यस्तो निर्णय

युुवा संघ १ नं प्रदेश सचिवाल बैठकले गर्यो यस्तो निर्णय

प्रेम देवान

विराटनगर, ७ फागुन । एमाले निकट युवा संघ नेपालको प्रदेश नं १ को सचिवालय बैठकले सीमावर्ती भारतीय वजारमा नेपाली ग्राहकले खरिद गर्ने परम्परा र त्यसले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव न्युनीकरण तथा अन्त्य गर्ने सवालमा प्रदेश तथा संघिय सरकारलाई ध्यानकर्षण गराउने निर्णय गरेको छ । सोमबार विराटनगरमा वसेको सचिवालयको बैठकले भारतीय पक्षद्धारा तराईका विभन्न जिल्लाहरुमा सीमा मिचिएको सवालमा सरकारलाई गंभिर ध्यानकर्षण गराउने निर्णय गरेको छ । बैठकले तीनवटै सरकारको संचालन, वजेट विनियोजन तथा नीति एवं कार्यक्रम संवन्धि अन्र्तक्रिया सञ्चालन गर्ने, जवजको रक्षा विकास र प्रयोगको सन्र्दभमा पार्टी नेतृत्वलाई अडिग रहन जोडदार माग गरेको छ । सचिवाल बैठकले सरकारी कार्यालmलयहरुमा सेवा ग्राहीहरुले भोग्नु परेको ढीला सुस्ती भ्रष्टाचार लगायतका कु–संसकारको अन्त्यका लागि खवरदारी गर्ने निर्णय गरिएको युवा संघ मोरङका अध्यक्ष मुकेश वुढाथोकीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्