विराटनगर, ८ फागुन ।
मोरङको बिराटनगर महानगरपालिका– १५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले सुनसरीको ईटहरी उप(महानगरपालिका २ बस्ने बर्ष ३२ को सुरेन मगरलाई लागूऔषधसहित पक्राउ गरेको हो । मगरको साथबाट एभिल–१२ एम्पुल, डाईजेल्याब–१२ एम्पुल र लुपिजेसिक १२ एम्पुल बरामद भएको छ । पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।