प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन

प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन

इनरुवा, रासस । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कोइराला निर्विरोध चयन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए । कोइराला कांग्रेसका सुनसरी सभापतिसमेत हुन् ।
कोइराला प्रदेशभाको निर्वाचनका बेला सुनसरी क्षेत्र नम्बर २ ख बाट प्रत्यक्षतर्फ प्रदेशसभा सांसदमा विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्