संखुवासभा,८ फागुन । संखुवासभाको सिलिचोङ गाउँपालिकामा रुखले किचेर एक जनाको ज्यान गएको छ ।
मंगलबार दिउँसो घर नजिकैको रुख ढाल्ने क्रममा किचिएर सिलिचोङ –१, सिसुवाका ६२ वर्षीय भद्रबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ ।
दाउराका लागि रुख काट्ने क्रममा उनलाई रुखले किचेको थियो ।