प्रदेश सरकारमा दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने

<span class='c1'>प्रदेश सरकारमा दलहरुबीचको समझदारीवाट</span> <span class='c2'>प्रदेशको समृद्वि सम्भव हुने</span>

पाँचथर, ८ फागुन ।
एक नम्बर प्रदेशका प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्वाहाङले प्रदेश सरकारमा प्रतिनिधित्व र प्रतिपक्षमा रहने दलहरुबीचको समझदारीवाट प्रदेशको समृद्वि सम्भव हुने वताउनु भएको छ ।
पाँचथरको फिदिममा आयोजित अन्तराष्ट्रिय च्याबु्रल महोत्सवको उद्घाटन गर्न फिदिम पुग्नु भएका तुम्वाहाङले आज पत्रकारहरुसँग कुरा गर्दै सरकारमा प्रतिनिधित्व गर्ने दलले मात्तिने र प्रतिक्षमा रहने दल आत्तिने हो भने संघीयता कार्यन्वयनमा प्रश्नचिन्ह उठ्ने टिप्पणी गर्नुभयो । प्रदेश सरकार गठन भइसकेपनि प्रदेश कानून निर्माण भई नसकेकाले प्रदेश केन्द्र र स्थानीय तह बीचको समन्वयमा तत्कालका लागि मात्र केही कठिनाइ भइरहेको उहाँले बताउनु भयो । प्रदेश प्रमुख तुम्वाहाङले राज्यको पुर्नसंरचनाले सवै तहलाई शक्ति बाँडफाँड गरेकाले आफू अनुकुल कानून बनाएर कार्यान्वयन गर्न सक्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्