सुनसरीका विद्यार्थीद्वारा कागतीबाट बिद्युत उत्पादन

सुनसरीका विद्यार्थीद्वारा  कागतीबाट बिद्युत उत्पादन

सुनसरी, ९फागुन ।
सुनसरीका विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गर्न सकिने प्रमाणित गरेका छन । इटहरीको डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कागतीबाट विद्युत उत्पादन गरी पर्दशनी समेत गरेका छन । कागतीबाट भरपर्दो तरिकाले सस्तो मूल्यमै व्यक्तिगत तथा घरायसी प्रयोजनको लागी विजुली निकाल्न सकिने सम्भावना रहेको दाबी समेत उनीहरुले गरेका छन् ।
उनीहरुको अनुसार एउटा कागतीबाट लगातार निस्कने उर्जाको भोल्टेज कम हुने भएपनि सो उर्जा संचित गर्ने ब्याट्री बनाएर त्यसलाई मोबाइल तथा ल्यापटप चार्ज गर्नमा प्रयोग गर्न सकिन्छ । उनीहरुले पर्दशनीको क्रममा हाईड्रो उत्पादन सम्वन्धि उपकरणको प्रयोग विधि, लिफ्ट, डोजर, पानीबाट उड्ने रकेट, विद्युतीय पानी जहाज लगायतका नयाँ प्रविधिहरु निर्माण गरेर प्रदर्शनीमा राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्