धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज

धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज

धनगढी,९ फागुन ।
धनगढीमा चैत १७ गतेदेखि सुरु हुने दोस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि खेलाडीको बोलकबोल आज हुने भएको छ ।
बिहान साढे ७ बजेदेखि अक्सन सुरु हुनेछ ।प्रतियोगिताका लागि २०२ खेलाडीले नाम दर्ता गराएका छन् ।आयोजकका अनुसार दर्ता भएका खेलाडीहरुलाई ४ समूहमा विभाजन गरिनेछ । तीन वर्षदेखि राष्ट्रिय टिममा रहेका तथा कम्तिमा १५ अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी क्याटागोरी ए मा हुनेछन् ।क्याटेगोरी बी मा बाँकी राष्ट्रिय खेलाडी र यू–१९ टिमका खेलाडी हुनेछन् । क्याटेगोरी सी मा अनक्याप्ड खेलाडी समावेश हुनेछन् भने क्याटागोरी डी मा ट्यालेन्ट हण्टबाट छानिएका स्थानीय प्रतिभा रहनेछन् । समूह ए का खेलाडीका लागि एउटा टिमले १ लाखदेखि १ लाख ५० हजारसम्म कबोल गर्न पाउनेछन् । समूह बी का खेलाडीका लागि ५० हजारदेखि १ लाखसम्मको बोली लाग्नेछ । समूह बी का खेलाडीका लागि २५ देखि ७५ हजार र समूह डी का खेलाडीका लागि २५ देखि ४० हजारसम्मको बोली लगाउन पाइनेछ । रणनीतिक खेलाडीको रुपमा हरेक टिमले एक एक खेलाडी अनुबन्ध गरिसकेका छन् । बाँकी १३ खेलाडीका लागि एउटा टिमले बढीमा ११ लाखसम्म खर्च गर्न पाउँनेछन् । डीपीएल टूमा टिम चौराहा धनगढी, सिवाईबी अत्तरिया, महेन्द्रनगर युनाइटेड, बिराटनगर किङ्स, काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्स गरी ६ टिमको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्