प्रदेश स्तरिय भलिवलको उपाधि विराटनगरको निहारिकालाई

प्रदेश स्तरिय भलिवलको उपाधि विराटनगरको  निहारिकालाई

विराटनगर, ९ फागुन ।
मोरङको सुन्दर हरैचामा जारी १ नम्बर प्रदेश स्तरिय अन्तर कलेज भलिवल प्रतियोगिताको उपाधि बिराटनगरको निहारिकाले हात पारेको छ । सुकुना बहुमसखी क्याम्पस स्वबियुले आयोजना गरेको प्रदेश अन्तर कलेज भलिवल प्रतियोगिताको फाईनल खेलमा महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ३–० को सोझो सेटमा हराउँदै निहारिकाले उपाधि चुमेको हो । प्रतियोगिता निहारिकाले २५–१९, २५–२२ र २५–१९ को सेटमा धरानलाई हराएको हो ।

बिजयी सँगै निहारिकाले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै महेन्द्र बहुमुखी धरानले ३३ हजार ३ सय ३३ रुपैया सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको म्यान आफ द म्याच निहारिका कलेजका सन्तोष तामाङ हुनु भएको छ । प्रदेश सभा संसद राजकुमार ओझाले बिजयी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्