श्रीराम स्कुलमा विद्यार्थीलाई साईबर क्राईम बिरुद्धको सचेतना

श्रीराम स्कुलमा विद्यार्थीलाई साईबर क्राईम बिरुद्धको सचेतना

बिराटनगर ९ फागुन । पछिल्लो समय सामाजिक सञ्जालमार्फत धेरै घटना बढ्न थालेपछि यस विषयमा स्कुले विद्यार्थीहरुलाई साईबर क्राईम बिरुद्ध सचेतना दिन थालिएको छ । साईबर क्राईमबाट कसरी आफूलाई जोगाउने र यसको प्रयोग कस्तो अवस्थामा गर्ने भन्ने विषयमा विद्यार्थीहरुलाई सचेतना दिन थालिएको हो ।
यसैविच विराटनगर–१५ मा रहेको श्री राम स्कुलका विद्यार्थीहरुलाई नेपाल प्रहरीले १ दिने साईबर क्राईम विरुद्ध सचेतनामुलक सम्बन्धी सहजीकरण गरेको छ । स्कुलका विद्याथीहरुलाई बुधबार स्कुल परिसरमा इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरिक्षक सन्तोष निरौलाले साईबर क्राईम सम्बन्धि अभिमुखिकरण दिनुभएको हो । स्कुलमा अध्ययनरत ९ र १० का ७० जना विद्यार्थीहरुलाई साईबर क्राईम बिरुद्धको सचेतनामुलक कार्यक्रम दिएको स्कुलका प्रिन्सिपल मनोज साहले जानकारी दिनुभयो ।
पछिल्लो समय साईबर सम्बन्धी अपराधका घटना बढेको कारण विद्यार्थीहरुमा आवश्यक रहेको बताउनुभयो । यसैविच विद्यार्थीहरुलाई हाते पुस्तिका पनि विरतरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्