मेयरले नै साना गाडीको उद्घाटन गरे, बिराटनगर थप अस्तब्यस्त हुने

मेयरले नै साना गाडीको उद्घाटन गरे, बिराटनगर थप अस्तब्यस्त हुने

विराटनगर ९ फागुन ।
विराटनगर महानगरपालिका भित्र साना गाडीको आतंक छ । त्यही आतंकका बिचमा फेरी अर्को कम्पनीको गाडी थपिएको छ । ग्रिन मोर्टसले विराटनगरमा बुधबार काइनेटिक सफर शक्ति लोडर सहित चारवटा मोडेलको गाडीको विक्रि शुुभारम्भ गरेको छ । विराटनगरको पिपलचौक स्थित सो रुमवाट विक्रि शुुभारम्भ गरेको हो । साना गाडी निरुत्साहित गरी बिराटनगरलाइई अस्तब्यस्तबाट मुक्त राख्नु पर्ने जिम्मेवारी बोक्नु भएका मेयर भिम पराजुलीले नै ति साना गाडीको बिक्री बितरण गर्न दिने गरि आफैले उद्घाटन गनुर््भयो ।
मेयर पराजुुलीले कायनेटिक साना गाडीको उद्घाटन गरेपछी विक्रि शुुभारम्भ भएको थियो । कायनेटिकले मान्छे तथा समान बोक्न र फोहर फाल्न प्रयोग हुुनेगरी गाडीको मोडेल वनाएको र एउटा गाडीको मुुल्य ४ लाख ९८ हजार रुपैयापर्ने ग्रिन मोर्टसका संचालक आसिश जाजुुले बताउनुभयो । गाडीको ग्रिन मोर्टस नेपालभरीका अधिकृत डिलर हो । भारतमा वन्ने यो गाडी कायनेटिक सफर, कायनेटिक सफर सोल लगायतका गाडि रहेका छन ।
यसैगरी फोहर फाल्ने सजिलो होस भन्ने उदेश्यले ग्रिन मोर्टसले महानगरपालिकालाई एउटा गाडी निशुुल्क प्रदान गरेको छ । संचालक आशिस जाजुुले महानगरपालिकाका मेयर भिम पराजुुलीलाई गाडीको साचो दिएर दिएर कायनेटिक गारवेज ट्रिपर प्रदान गर्न भएको थियो । चावि ग्रहण गर्नुुहुुदै मेयर पराजुुलीले यस्तो सहयोगले महानगरपालिकालाई सफासुुगर वनाउन सहयोग पुुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्