इलाममा जीप दुर्घटना : १२ घाइते, ६ को अवस्था गम्भीर

इलाममा जीप दुर्घटना : १२ घाइते, ६ को अवस्था गम्भीर

इलाम,९ फागुन  । बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे १ ज १९६ नम्बरको जीप बुधबार दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।  जिल्लाको रोङ्ग गाउँपालिका –१, को सिवाकोटी पाखामा  ब्रेकफेल भई दुर्घटना हुँदा बाटोबाट जीप ५० मिटर तल  खसेको जनाइएको छ ।

प्रहरी ढिलो गरी मात्र घटनास्थल पुगेकाले घाइतेलाई स्थानीयले नै उद्धार गरेको स्थानीय गुमानसिंह सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा गाडी चालकसहित नवदुलही समेत घाइते भएकी छिन् । घाइतेहरुको उपचारका लागि झापाको बी एण्ड सी हस्पिटल पठाइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्