डि गियाको उत्कृष्ट गोल किपिङले बच्याे म्यान्चेष्टर युनाइटेड

डि गियाको उत्कृष्ट गोल किपिङले बच्याे म्यान्चेष्टर युनाइटेड

फागुन १० ।  इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडले सेभियालाई बराबरीमा रोकेको छ । डेविड डि गियाले उत्कृष्ट प्रदर्शन गरेपछि म्यान्चेष्टर युनाइटेडले सेभियाको उसकै मैदानमा रोक्न सफल भएको हो ।

प्रि-क्वार्टर फाइनलको पहिलो लेगमा स्पेनिस गोलकिपरले जोवाक्वीन कोरेरा, स्टेफेन एनजोन्जी र लुईस मुरियलको उत्कृष्ट प्रयासहरुमा बाधक बनेका थिए ।

सेभियाले खेलभरी म्यान्चेष्टर युनाइटेडको पोस्टमा कुल २५ प्रयास गरेको थियो । तर उनीहरुको खराब फिनिसिङ र डि गियाको उत्कृष्ट गोल किपिङका कारण जित हात पार्न भने सकेन ।

चार बर्षमा पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरण खेलिरहेको म्यान्चेष्टर युनाइटेडले केही मौका पाएको थियो । यो बराबरीले युनाइटेडलाई फाइदा पुग्नेछ । यो सिजन घरेलु मैदानमा भएको १८ मध्य १५ खेलमा जित हात पारेको युनाइटेड सेभियासँग वल्ड ट्राफोर्डमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्