व्यापार तथा सम्बद्ध श्रमिक संघमा कोइराला

व्यापार तथा सम्बद्ध श्रमिक संघमा कोइराला

विराटनगर, १० फागुन  । 

नेपाल टेड युनियन कांग्रेससँग आबद्ध नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ नगर समितिको अध्यक्षमा रुद्रप्रसाद कोइराला (सीताराम) चयन भएका छन् ।
बिहीबार विराटनगरमा भएको कार्यक्रममा कोइरालाको नेतृत्वमा ११ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा राजेशकुमार मण्डल, सचिवमा सुरेश पासवान र कोषाध्यक्षमा दिनेशप्रसाद चौधरी निर्वाचित भए । टे«ड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाको प्रमुख आतिथ्यमा भएको भेलाले रमिला कोइराला, मञ्जु श्रेष्ठ, चन्दन यादव, रविन खत्री, डिल्लीराम न्यौपाने, ईश्वर कटवाल र कामेश्वर चौधरीलाई सदस्यमा चयन गरिएको छ ।
कार्यक्रममा अध्यक्ष कोइरालासहित नाई संघका अध्यक्ष राजेश ठाकुर, टे«ड युनियन कांग्रेस मोरङका कोषाध्यक्ष केशव बस्नेत, नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ मोरङका अध्यक्ष निश्चल अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्