विराटनगरमा राईको अन्तिम आयामको विमोचन

<span class='c1'>विराटनगरमा राईको अन्तिम</span> <span class='c2'>आयामको विमोचन</span>

विराटनगर, ११ फागुन ।
कथाकार सरण राईद्वारा लिखित अन्तिम आयाम कथासंग्रहको विराटनगरमा विमोचन गरिएको छ ।
बिहीबार आयोजित कार्यालयमा १ नम्बर प्रदेशका प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो । लिटेरेटी एसोसिएसन धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्बाहाङले कथा संग्रहको विमोचन गरेका गर्नु भएको हो । साढे चार दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय राईका यसअघि विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन् ।
पाँचपोखरी प्रकाशन गृह काठमाडौंले प्रकाशित गरेको संग्रहमा विभिन्न विषयवस्तुलाई समेटेर लेखेका १७ वटा कथा छन् । डा. गोपाल भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा. टंक न्यौपाने, रमेश शुभेच्छुक र भोलानाथ पोखरेलले समीक्षा गर्नु भएको थियो । कथामा वृद्धवृद्धाका समस्या र संरक्षण अभावलाई सशक्त रुपमा उठान् गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीलगायतले राईको कथासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्