आफ्नै छोराको रड प्रहारबाट आमाको मृत्यु

<span class='c1'>आफ्नै छोराको रड</span> <span class='c2'>प्रहारबाट आमाको मृत्यु</span>

लहान।  छोराको फलामे रड प्रहारबाट गम्भीर घाइते सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ मा एक महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ ।

घरायसी विवादमा लक्ष्मीपुर पतारी–४ निवासी २८ वर्षीय राम दास तत्माले आफ्नै आमा ४५ वर्षीय ज्ञानदेवी दास र १६ वर्षीया बहिनी सुनिताकुमारी दासलाई गत बुधबार फलामे रड प्रहार गर्दा दुवै आमा छोरी गम्भीर घाइते भएका थिए ।

रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय, लक्ष्मीपुर पतारीले जनाएको छ ।

सोही रड प्रहारबाट गम्भीर घाइते भएकी सुनिता दासको विराटनगरस्थित नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । आमा र बहिनीमाथि रड प्रहार गर्ने राम दासलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्