अन्तर विद्यालय स्तरीय फुटसल : अपर्ण र पोखरीय स्कूल फाइनलमा

<span class='c1'>अन्तर विद्यालय स्तरीय फुटसल :</span> <span class='c2'>अपर्ण र पोखरीय स्कूल फाइनलमा</span>

विराटनगर, १२ फागुन ।
विराटनगरमा जारी प्रथम अन्तर विद्यालय स्तरीय फुटसल कप प्रतियोगिता अपर्ण स्कूल र पोखरीया स्कूल फाइनलमा प्रवेश गरेको छ । हिट्स एण्ड ह्याङ्गआउटको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा अपर्ण स्कूलले अन्नपूर्ण स्कूललाई ६–४ गोल अन्तरले पराजित गरी अपर्ण स्कूल विजयी भइ फाइनलमा प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच अपर्णका उत्सव कार्की घोषित भए ।
दोस्रो खेलमा पोखरीय स्कूलले बिनायक स्कूललाई ४–१ गोल अन्तरले पराजित गरी पोखरीया स्कूल विजयी फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ दम्याच पोखरीयाका कौशल तामाङ घोषित भए ।
प्रतियोगिताको फाइनलमा आइतबार हुनेछ । फाइनलमा अर्पण र पोखरीया बिच प्रतिस्पर्धा हुने छ । यस प्रतियोगिता एमएचयन, प्याब्सन मोरङ, प्याब्सनको क्षेत्र नम्बर १, २, ३ र लायन्स क्लब अफ विराटनगर एकाडेमी, लायन्स क्लब फ विराटनगर फ्यिूजनको संयुक्त आयोजनामा भएको हो । प्रतियोगितामा १६ वटा विद्यालयहरुको सहभागि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्