अबैध बितिय कारोवारी सिताराम लुईटेल २ करोड ८६ लाख ५ सय २५ रुपैयाँ सहित पक्राउ

अबैध बितिय कारोवारी सिताराम लुईटेल २ करोड ८६ लाख ५ सय २५ रुपैयाँ सहित पक्राउ

एकाउण्ट खाता, चेकबुक, तमसुक, नगद फारम, पासबुक पनि बरामद भएको सिआईवीले जनाएको छ । झापाको गौरादह घर भएका लुईटेलको पछिल्लो समयमा स्थायी घर ईटहरी हो । उनी हाल विराटनरमा बसोवास गदैं आएका थिए ।

अप्रेसन नेतृत्व गरिहेका सीआईबीका प्रहरी नायव उपरीक्षक श्याम ओलियाले अवैध बैंकिङ कारोवार र मिटर व्याजको धन्धा चलाउने विरुद्धको कारवाहीको क्रममा लुईटेल पक्राउ परेको जानकारी दिनुभयो । ईटहरीमा नाम चलेका केहि महिलाको समेत मिटर व्याजको धन्धाका विषयमा सुचना आएको भन्दै उहाँले पक्राउ गर्ने तयारी भईरहेको जानकारी दिनुभएको छ ।

मिटर ब्याजको धन्दा चलाउनेले रकम बचत गर्दा १२/१३ प्रतिशत ब्याज दिने र कम्तीमा २४ प्रतिशत ब्याज लिएर ऋण दिने गरेको भेटिएको छ । अवैधानिक रुपमा वैंकीङ कारोवार गरिरहेकाहरुले ‘ऋण दिने, ब्याज उठाउने कर्मचारीसमेत राखेका पाईएको छ । दुई जनाबाट सुरु गरेको धन्धा अहिले फाइनान्स तथा सहकारीले जस्तै–जस्तै बचत खाता खोल्ने, नगद जम्मा गर्ने र ऋण दिने गरेको पाइएको छ ।

वित्तीय कारोबारका लागि राष्ट्र बैंक वा सहकारी विभागबाट अनुमति पनि नलिएको र कुनै पनि बेला जनतालाई ठगी गर्न सक्ने भएकाले छापा मारेको सिआईवीले बताएको छ । बैंक, फाइनान्स र सहकारीले बैंकिङ कारोबार गर्नु स्वाभाविकै हो । तर, इलेक्ट्रोनिक सप्लायर्स र फेन्सी पसलले पनि बैंकमा जस्तै कारोबार गर्ने गरेका छन् ।

सीआईबी र प्रदेश १ क्षेत्रीय अनुसन्धान टोलीको अपरेशनका क्रममा पूर्वी नेपालमा ‘स्यूडो फाइनान्सियल ट्रान्जेक्सन’ मौलाएको खुलेको छ । जसलाई वित्तिय क्षेत्रकै नयाँ अपराध र वैंकिङ अपराधमा नयाँ विषय मानिएको छ । वैंकमा देखिएको तरलताको कारण समेत यहि नयाँ धन्धा नै भएको अनुशन्धानका क्रममा निष्कर्ष निकालिएको सिआईवीका अधिकारीले बताएका छन् ।

प्रकाशित 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्