इनरुवामा बसको ठक्करबाट एककको मृत्यु

इनरुवामा बसको ठक्करबाट एककको मृत्यु

सुनसरी, फाल्गुन १३ गते।

सुनसरीको इनरुवा नगरपालिका-९ बबियामा शनिबार बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।

ज्यान गुमाउनेमा सोही ठाउँका ३५ बर्षिय करमलाल उराव रहेका छन्। उनलाई ना २ ख ९८४६ नम्बरको बसले बेलुका ९ बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते उनको इनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्