झापामा २६ गतेदेखि नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने

झापामा २६ गतेदेखि नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने

झापा, फागुन १३ । झापाको काँकडभिट्टामा फागुन २६ गतेदेखि दोस्रो संस्करणको नेपाल इण्डो भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । ‘काँकडभिट्टा भेट्रान फुटबल’ क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा भारतका ४ वटा टिमसहित १४ वटा टिमको सहभागिता रहने आइतबार काकडभिट्टामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार प्राप्त गर्दा उपविजेताले ५१ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार १ सय, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ हजार १ सय, प्रतियोगिताको अत्याधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट फरवाड, उत्कृष्ट मिड–फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचलाई नगद ३ हजार १ सय रुपैयाँसहित पुरस्कृत गरिने क्लबका सचिव शेरबहादुर बस्नेतले बताउनुभयो । त्यसैगरी प्रतियोगिताका ज्येष्ठ खेलाडीलाई नगद ५ हजारसहित सम्मानित गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्