इलाम ,१३ फागुन । इलाममा ५ वर्षीय बालिकलाई हातपात गरेको भन्दै नेपाल सेनाका हवल्दार पक्राउ परेका छन् । ड्यूटीमा रहेका बेला रक्सी खाएर बालिकामाथि हातपात गरेको भन्दै हवल्दार सुशिल पौड्याललाई इलाम नगरपालिका–७, बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
इलामको बसपार्कमा चटपटे खाँदै गरेकी बालिकामाथि हवल्दारले हातपात गरेको पीडित पक्षको भनाई छ । रामेछाप घर भएका पौड्यालले शनिबार काममा खटिएका नेपाल प्रहरीमाथि समेत हातपात गरेको बताइएको छ ।