श्रम नीति र पालना चुनौती पुर्ण बन्दै

<span class='c1'>श्रम नीति र पालना</span> <span class='c2'>चुनौती पुर्ण बन्दै</span>

विराटनगर, १३ फागुन । 
श्रम नीति र पालना गर्ने विषय पछिल्लो समय चुनौती बन्दै गएको छ । यस बिषयमा बिभिन्न चरणमा छलफल हुँदै आएका छन् तर त्यसको कार्यानवयन भने उस्तै नै छ । उद्योगीले सरकारका प्रतिनिधिसँग एकखालका कुरा गर्छन भने ब्यावहारत कार्यान्वयन हुन सकेको छैन ।
छलफलमा ग्लोबल फेयरनेस इनिसिएटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले छलफलमा श्रममैत्री उद्योग तथा उद्योगमैत्री नीति झै बन्न नसकेको गुनासो गर्नुभयो । आचार्यले नीति, नियम तथा कानुन पालना गरी उत्पादन गर्ने उद्योगहरूको उत्पादनको बजार प्रवद्र्धन र उद्योगीहरूलाई प्रोत्साहित गर्ने नीति निर्र्माण गर्न आवश्यक रहेको औल्याउनुभयो ।

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नका लागि नयाँ जोश, जाँगर र सोंचका साथ स्थानीय एवं प्रादेशिक सरकारले जनमुखी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिनु्पर्नेमा ब्यवसायीको माग छ । सीप सिकाई र सेवा सिकाईलाई माध्यमिक शिक्षामार्फत युवा माझ विकास गर्न सके श्रमसम्बन्धी समस्याहरू समाधान हुने मोरङ ब्यापार संघका अध्यक्ष पवन कुमार सारडाले बताउनुभयो ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, रंगेली नगरपालिकाका प्रमुख दिलीपकुमार वगडिया, धनपालथान गाउँपालिकाका उपाध्यक्ष नसिमा बानु, मोरङ व्यापार संघका अध्यक्ष्य पवन सारडा लगायतसँगको छलफलका क्रममा श्रम ऐनको बिषयमा ब्यवसायिले चासो दिएका थिए ।
उद्योगहरुमा कामदार अभाव भएको अबस्थामा उद्योग मैत्री निति र त्यसलाई कार्यान्वयन गर्ने उद्योगहरु बिचमा समन्वयकारी भुमिका समेत नभएको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्