झापा, फाल्गुन १४।झापाको मेचिनगर नगरपालिका-५ शान्ती टोल बस्ने केदार दर्जीको घरमा आइताबर आगलागी भएको छ।
अपरान्ह ४ बजेतिर घरको बिधुत सर्ट भई अचानक लागेको आगोले घर, नगद तथा सम्पूर्ण समान समेत जल्दा अन्दाजी १० लाख बरबारको क्षति भएको बताइएको छ। आगलागी दमकल, स्थानियबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
यस्तै संखुवासभाको धर्मदेवी नगरपालिका-९ बस्ने भिम बहादुर जिमि गोठमा समेत आइतबार आगलागी भएको छ। आगलागीबाट काठ तथा पराल समेत जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानियमानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँखीभुईले जनाएको छ।