सोलुखुम्बुमा एकै पटक ६ वटा पसलमा चोरी

सोलुखुम्बुमा एकै पटक ६ वटा पसलमा चोरी

सल्लेरी । सोलुखुम्बु सदरमुकाम सल्लेरी बजारमा एकै चोटी ६ वटा पसलमा चोरी भएको छ । आइतबार राति ६ वाट पसल एकैचोटी चोरी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

चोरीबाट ढोकाको चाबि फोरेर बाकसमा राखिएको नगद करिब ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर–५, नयाँ बजारका टुकप्रसाद खनालको कपडा पसलबाट नगद १० हजार, वडा नम्बर–५, कै भगवती बस्नेतको पसलबाट ओप्पोको नयाँ मोवाइल सेटसहित व्यापार गरी राखिएको नगद ३० देखि ४० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर–५, को दोर्जी शेर्पाको पसलबाट ५ हजार रुपैयाँ, वडा नम्बर–५, तिनकुनेका केशव खड्काको ७ हजार रुपैयाँ र वडा नम्बर–५, मै रहेको गेहेन्द्र मोबाइल पसलबाट ३ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ । वडा नम्बर–६, मा लोकेन्द्रबहादुर केसीको तरकारी पसलबाट ५ देखि ७ हजार रुपैयाँ चोरी भएको छ ।

कुनै पसलमा रडको प्रयोग गरेर चोरी भएकोे र कुनै पसलको चाबि खोलेर बाकस तोडफोड गरी नगद चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्नको खोजि कार्य तिब्र पारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्