मन्त्रीपरिषद विस्तार,रक्षा मन्त्रीमा पाेखरेल,गृहमा थापा र अर्थमा खतिवडा

<span class='c1'>मन्त्रीपरिषद विस्तार,रक्षा मन्त्रीमा पाेखरेल,गृहमा</span> <span class='c2'>थापा र अर्थमा खतिवडा</span>

काठमाडौं, १४ फागुन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रो पटक मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । फागुन ३ गते प्रधानमन्त्री हुनुभएका ओलीले त्यही दिन ३ सदस्यिय मन्त्रीमण्डलको गठन गर्नुभएको थियो । एमालेका २ र माओवादी केन्द्रका २ गरी चारजना मन्त्री थप्नुभएको हो ।

एमालेबाट बनेका मन्त्री इश्वर पोख्रेल – रक्षामन्त्री, युवराज खतिवडा – अर्थमन्त्री

एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनित अर्थमन्त्री खतिवडालाई सर्बोच्च अदालतले शपथ खानको लागि रोक लगाएको छ । उहाँ राष्ट्रियसभा सदस्य नरहेपनि संविधानले उहाँलाई मन्त्री बन्नको लागि भने रोकेको छैन् । मन्त्री भएको ६ महिनाभित्रमा सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले उहाँ मन्त्री हुनुभएको हो ।

रक्षामन्त्री इश्वर पोख्रेलले यसअघि अापूर्ति मन्त्रालयकाे जिम्मेवारी समाल्नुभएकाे थियाे भने अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंककाे पूर्व गर्भनर तथा राष्टिय याेजना अायाेगकाे उपाध्यक्ष समेत रहनुभएकाे थियाे ।

माओवादी केन्द्रबाट बनेका मन्त्री : रामबहादुर थापा – गृहमन्त्री, मातृका यादव – उद्योग वाणिज्य तथा आपूर्ति

यसअघि एमालेका लालबाबु पण्डित वातावरण तथा जनसंख्या र थममाया थापा बालबालिका तथा सामाजिक कल्याण मन्त्रीमा नियुक्त भैसक्नुभएकाे छ ।  माअाेवादीबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा यसअघि रक्षामन्त्री भैसक्नुभएकाे छ भने  उद्योग वाणिज्य तथा आपूर्ति मातृका यादव यसअघि वन मन्त्री हुनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्