सगरमाथा स्कुलमा मनोरञ्जनात्मक कार्यक्रम

सगरमाथा स्कुलमा मनोरञ्जनात्मक कार्यक्रम

विराटनगर, १४ फागुन ।
विराटनगर–११ मा रहेको सगरमाथा सेकेन्डरी स्कूलले विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ । सोमबार स्कूलको सभाहलमा आयोजना गरेको मनोरञ्जनात्मक कार्यक्रममा स्कूलमा अध्ययनरत नर्सरी, एलकेजी र यूकेजीका सवै विद्यार्थीहरु सहभागि रहेका स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बालबालिकाले कविता वाचन, नृत्य, गित , चुट्कीला, फेशन सो, हास्य ब्यङग्य, नाटक लगायतका आफ्नो कला प्रस्तुत गरेका थिए । अतिथी, शिक्षक तथा अभिभावकलाई विद्यार्थीहरुले मनोरञ्जन दिएका थिए । बालबालिकाका अभिभावकले कार्यक्रममा नृत्य प्रस्तुत गरेको प्रिन्सिपल अधिकारी बताए । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बासुदेव न्यौपानेले उद्घाटन गरेका कार्यक्रममा यूकेजीका श्रीयान्सु निरौलले स्वागत मन्तब्य तथा अभिभावकका तर्फबाट निर्मला खनालले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्