आज स्वास्थ्य सेवा दिवस मनाइदै

आज स्वास्थ्य सेवा दिवस मनाइदै

काठमाडौंँ, फागुन १५ गते । स्वास्थ्य मन्त्रालयले मङ्गलबार विभिन्न कार्यक्रमकासाथ स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ । ‘राज्यको सबै तहमा स्वास्थ्यको पूर्वाधार गुणस्तरीय र जनमुखी स्वास्थ्य सेवा, समृद्धि एवम् दिगो विकासको आधार’ भन्ने नाराका स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । यस्तो दिवस छ वर्षदेखि हरेक फागुन १५ गते मनाउन थालिएको हो ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो दिवस हरेक प्रदेश तथा जिल्लाहरूमा मनाउन लागिएको जानकारी दिनुभयो । सचिव चौधरीले दिवस मनाउन रहेक तहमा छुट्टै समितिहरू गठन गरिएको जानकारी दिँदै केन्द्रमा भने मुख्य सचिवको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको बताउनुभयो ।
सचिव डा. चौधरीले मङ्गलबार बिहान योगा, प्रभातफेरी तथा मूल समारोह समितिले बृहत् कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्