ट्रलीमा जोडेको फलामको किलाले लागेर मृत्यु

<span class='c1'>ट्रलीमा जोडेको फलामको</span> <span class='c2'>किलाले लागेर मृत्यु</span>

मोरङ, फागुन १५ गते । मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ ।

कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्र्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भारत अररिया जिल्ला बस्ने ४० वर्षीय साजित मिँयाको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्र्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्