महेन्द्र मोरङ क्याम्पसमा एमबीएसको शुल्कबृद्धि गरेकोमा बिरोध

महेन्द्र मोरङ क्याम्पसमा एमबीएसको शुल्कबृद्धि गरेकोमा बिरोध

विराटनगर, फागुन १५, बिराटनगरको महेन्द्र मोरङ क्याम्पसले स्नातकोत्तर व्यावस्थापन संकाय (एमबीएस)मा शुल्कबृद्धि गरेको भन्दै विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

यसपटकबाट सेमेस्टर प्रणालीबाट अध्यापन सुरु भए लगत्तै शुल्क वृद्धि गरेको भन्दै अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले विरोध जनाएको हो ।अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस इकाई अध्यक्ष अभिमन्यू यादव र नेविसंघका प्रतिनिधि अम्बर थापाले विज्ञप्ति जारी गर्दै शुल्क बृद्धि फिर्ता गर्न माग गरेका छन्

सेमेस्टर प्रणाली लागू भएपनि तीन ५० प्रतिशत शुल्क वृद्धि भएको विद्यार्थीहरुले  गुनासो गरेका छन्  । उक्त कोर्सलाई बार्षिक १२ हजार शुल्क पर्ने भएपनि सेमेस्टर प्रणाली सुरु भएपछि बार्षिक ४० हजार भन्दाबढी शुल्क तोक्ने तयारी गरेकाले विरोध गर्नु परेको नेपाल विद्यार्थी संघका अम्बर खडकाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्