तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव

<span class='c1'>तेह्रथुमका दुई दर्जन बढी</span> <span class='c2'>गाउँमा खानेपानीको चरम अभाव</span>

तेह्रथुम । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव भएको छ । तेह्रथुम, फागुन १६ । तमोर नदीसँग सीमा जोडिएका तेह्रथुमका दुई दर्जन बढी गाउँमा खानेपानीको चरम अभाव भएको छ ।

खानेपानी अभाव भएकै कारण धेरै मानिस बसाईं सरेर गएपछि यहाँका बस्तीहरु रित्ता बन्दै गएका छन् ।

तमोर नदीसँग सिमा जोडिएका यी गाउँका बासिन्दालाई तमोर नदीको पानीलाई हेरेर प्यास मेटाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

आठराई गाउँपालिकाको ईवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ तथा छथर गाउँपालिकाका हमरजुङ, फाक्चामारा, ओख्रे र पन्चकन्या साथै फेदाप गाउँपालिकाको सिम्लेमा खानेपानीको समस्या छ ।

गाउँमा रहेका पानीका मुहान सुकेर खानेपानी समेत नपाएपछि पुर्खौली बासस्थान छाडेर अन्यत्र सर्नुपर्ने बाध्यता यी क्षेत्रका बासिन्दालाई छ ।

वर्षेनी पानीका मुहान सुक्दै जान थालेपछि जिल्लाका अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ ।

पानी अभावकै कारण पर्याप्त सिँचाई गर्न नसकिँदा खेतीयोग्य जमिन बाँझिने क्रम पनि बढेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्