मोरङमा रक्तदान कार्यक्रममा सामाजिक संस्थाको भुमिका बढ्दो

<span class='c1'>मोरङमा रक्तदान कार्यक्रममा सामाजिक</span> <span class='c2'>संस्थाको भुमिका बढ्दो</span>

बिराटनगर १६ फागुन । इडुमार्क विराटनगर, लियो क्लव अफ योङ्ग हार्ट र लियो क्लव अफ सेन्ट्रल तथा मेघा लियो क्लव अफ इनोभेटिभ स्टार को सहकार्य मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।
“सेवा गर्न धन हैन मन चाहिन्छ” भन्ने मुल नारा का साथ खुल्ला रक्तदान कार्यक्रममा ४५ प्रिन्ट रगत संकलन भएको छ ।
विराटनगर–१० संसारीमाइस्थान स्थित इडुमार्कको परिसरमै भएको कार्यक्रममा रगत विनाको जिवन कल्पना पनि गर्न नसकिने भन्दै रत्तदतादाहरुको बाक्लो उपस्थिती रहेको थियो । आकास्मिक कारणले अकालमा ज्यान जाने मानिसलाई बचाउने विकल्प नै रक्तदान भएकोले शरीरमा भएको रगत दान नगरे पनि तिन महिनामा त्यो रगत त्यत्तिकै खेर जाने बिषयमा जानकारी गराईएको थियो ।
खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्दै जनचेतना मुलक रुपमा संयुक्त कार्यक्रम गरिएको आयोजकको भनाई छ ।
लियो मल्टिपल ३२५ ए वान को जिल्ला उपाध्यक्ष रञ्जनकुमार शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संयोजक इडुमार्कका कार्यालय प्रमुख रवि गुप्ता, त्यस्तै अतिथिमा इडुमार्कका कार्यालय संचालक ऐ.के.दाश र कविराज पौडेल लगाएतले रक्तदान गरेका थिए ।

सहारा नेपालद्धारा ३४ पिन्ट रक्त संकलन

सहारा नेपाल साकोसले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत युथ फर व्लड र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ । वेलवारी–७, बाहुनी वजारमा बुधबार आयोजना गरेको रक्तदान कार्यक्रम ३४ पिन्ट रगत संकलन गरिएको सहारा नेपाल साकोस सेवा केन्द्र वाहुनीका शाखा प्रबन्धक डम्वर वहादुर प्रधानको भनाई छ ।

विगत ५ वर्ष देखि रक्तदान कार्यक्रम नभएको यस क्षेत्रमा सहारा नेपालले यस पटक सञ्चालन गरेको कार्यक्रममा ५ महिला र २९ पूरुष गरी जम्मा ३४ जनाले रक्तदान गरे  । कार्यक्रममा सहारा नेपाल साकोसका सञ्चालक सदस्य भिम बहादुर गिरीले बाहुनी क्षेत्रमा रक्तदान जस्तो मानवीय सेवाको कार्यक्रमलाई अझ जनमाझमा चेतना जगाई हरेक वर्ष गरिने जानकारी दिनुभयो । साथै यस क्षेत्रमा स्वास्थ्य सेवामा गरीव तथा विपन्न वर्गको पहुच पुर्याउन चाडै नै यस संस्थाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने बताउनुभयो।

उक्त कार्यक्रममा सहारा नेपाल साकोस सेवा केन्द्र वाहुनीका शाखा प्रबन्धक डम्वर वहादुर प्रधान, सुपरिवेक्षक खड्ग पौडेल, ज्ञानेन्द्र श्रेष्ठ, प्रहरी चौकी वाहुनीका इन्चार्ज निर कुमार राई, सशस्त्र प्रहरी बल वाहुनीका सहायक निरीक्षक देवनारायण ठाकुर, क्युपेक नेपाल वाहुनीका अध्यक्ष जयकुमार खवास, युथ फर व्लडका रोनक अग्रवाल लगायत विभिन्न संघ÷संस्थाका प्रतिनिधी, वुद्धिजीवि युवराज चौधरी, राजन श्रेष्ठ, प्रभु चौधरीको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्