बिहेमा कुटेर साथीको हत्या गर्ने अभियुक्तहरु कारागार चलान

<span class='c1'>बिहेमा कुटेर साथीको हत्या</span> <span class='c2'>गर्ने अभियुक्तहरु कारागार चलान</span>

ओखलढुङ्गा, १७ फागुन ।

छिमेकीको विवादमा चिर्पटले हानेर साथीको हत्या गर्ने अभियुक्तहरुलाई ओखलढुंगा जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको छ ।  मोलुगं गाउँपालिका–७, पात्लेका २० वर्षीय कुमार मगरलाई ०७४ माघ १४ गते राति छिकेकीको विवाहमा सहभागी भएको अवस्थामा पाँच जनाको समूहले चिर्पटले हानेर हत्या गरेका थिए । ओखलढुंगा जिल्ला अदालतको आदेशपछि  २२ वर्षीय जिग्मे शेपा, २३ वर्षीय साङ्गे शेर्पा, २२ वर्षीय पासाङ शेर्पा र २६ वर्षीय छोङ्टेण्डी शेर्पालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

अदालतको आदेश अनुसार आरोपीतहरुलाई कारागारमा थुनामा राखेर अनुसनधान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनामा ए क जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए । घाइते हुनेहरुमा १८ वर्षीय कमल मगर, १७ वर्षीय जनक मगर, ३५ वर्षीय पदम मगर, ४८ वर्षीय मानबहादुर मगर र ३६ वर्षीय बलराम मगर रहेका छन् । घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार गरिएको थियो । दर्जन बढीको समूहले आक्रमण गरे पनि अनुसन्धानबाट दोषी ठहर भएकालाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्