विष्णुमाया पुस्तकालयमा पुष्पहोली, २० गते देखि महायज्ञ हुने 

<span class='c1'>विष्णुमाया पुस्तकालयमा पुष्पहोली, २०</span> <span class='c2'>गते देखि महायज्ञ हुने </span>

विराटनगर, १७ फागुन ।
बिराटनगरमा रहेको विष्णुमाया पुस्तकालयले अब ई-लाईबे्री संचालनको तयारी थालेको छ । पुस्तकालयलाई प्रबिधि मैत्री बनाउनको लागि ई-लाईब्रेरी संचालन गर्न लागिएको हो । बिद्युतिय पुस्तकालय संचालनको लागि आर्थिक संकलन गर्ने उद्देश्यले २० गते देखि श्रीमदभागवत सप्ताह महायज्ञ गर्न लागिएको पुस्तकालय संचालक समितिले जनाएको छ । फागु पुर्णिमाको अबसर पारेर पुष्प होलीको आयोजना गर्दै महायज्ञको बारेमा जानकारी गराएको हो ।
अहिलेको भवनको स्तर उन्नती गर्दै ईन्टरनेट मार्फत बिद्युतिय पुस्तकालय संचालन गर्नको लागि महायज्ञको आयोजना गरिएको पुस्तकालयका अध्यक्ष केशव गौतमले जानकारी दिनुभयो ।
विष्णुमाया पुस्तकालय एवम् बिष्णुमाया सामुदायिक भवनको आयोजनामा हुने श्रीमद्भागवत् महापुराण तयारीको बारेमा जानकारी दिँदै फुलको होली समेत खेलिएको हो ।
समितिका सदस्य, पदाधिकारी, सल्लाहकार, पत्रकारहरुलाई यज्ञको बारेमा जानकारी दिँदै अन्यत्र अविर दलेर होली खेलिएको अवस्थामा पुस्तकालयमा भने फुलको होली खेलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्