मोरङमा होली लक्षित बिशेष सुरक्षा योजना, नियम मिचे तत्काल कार्वाही

<span class='c1'>मोरङमा होली लक्षित बिशेष सुरक्षा</span> <span class='c2'>योजना, नियम मिचे तत्काल कार्वाही</span>

विराटनगर, १८ फागुन ।
होलीलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले बिशेष सुरक्षा योजना तयार गरेको छ । होलीमा हुने आपराधिक र उछृङखल गतिविधि नियन्त्रण गर्न प्रहरीले बिशेष सुरक्षा योजना सहित ७ सय ५० जना सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी अरुणकुमार बीसीले होलीको अवसरमा विराटनगर महानगरपालिकासहित मोरङ जिल्लाभरिको सुरक्षा ब्यवस्था थप सुदृढ बनाउन सादा पोशाकका प्रहरी समेत परिचालन गरिने बताउनुभयो ।
उहांले महानगरपलिका भित्र ३१ वटा र अन्यत्र ५० वटा गरि ८१ वटा पिकेट स्थापना गरिने बताउनुभयो । यस्तै मोबाईल गस्ती गाडी १५ वटा र क्यूआरटी मोटरसाईकल २७ वटा गस्तीमा खटाईने जानकारी दिनुभयो । किसीका अनुसार हुलदंगा नियन्त्रण गर्न सिनियर अफिसरको कमाण्डमा स्ट्राईकिंग टोली ४ वटा र घटना भएको खण्डमा ७ जनाको स्क्रीनिङ टोली खटाइने छ । होली खेल्ने क्रममा अवांछित र अमर्यादित गतिविधि गरेको पाइएमा सार्वजनिक मुद्धा समेत चलाईने उहांले बताउनुभयो । .
होली खेल्ने क्रममा मोटरसाईकल चलाउदा अनिवार्य हेल्मेटको प्रयोग गर्न र मापसे गरेर मोटरसाइकल नचलाउन प्रहरीले सुचना जारी गरेको छ । यस्तै कसैको इच्छा विपरीत रंग र अबिर दल्ने कार्यलाई समेत प्रहरीले निरुत्साहित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्