स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ ले हरायो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ ले हरायो

फागुन २० । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई ३–१ ले हराएको छ । घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलको २४ औं मिनेटमा नै ग्यारेथ बेलले इस्कोको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरे । उनले करिम बन्जिमाको पासको सदुपयोग गरेका थिए । आइतबार बिहान सकिएको खेलमा रियललाई जिताउन क्रिष्टियानो रोनाल्डोले २ तथा ग्यारेथ बेलले १ गोल गरे । ४७ औं मिनेटमा रेमीले रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा सिमित भएको थियो । पहिलो हाफको इन्जुरी सयमा रोनाल्डोले १ गोल थप्दै हाफ टाइमसम्मको खेल २ शुन्यको अवस्थामा पर्याए ।

६५ औं मिनेटमा गेटाफेका पोर्टिल्लोले पेनाल्टीमार्फत १ गोल गरे पनि गेटाफेले त्यसपछि गोल थप्न सकेन । नतिजापछि २७ खेलबाट ५४ अंक बनाएको रियल मड्रिड अंक तालिकाको तेश्रो स्थानमा  छ । गएरातिको खेलमा गरेको गोलसँगै रोनाल्डोले ला लिगामा व्यक्तिगत गोल संख्या ३ सय पुर्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्