सुनसरी र मोरङमा कुटपितबाट ३ जना घाईते

सुनसरी र मोरङमा कुटपितबाट ३ जना घाईते

विराटनगर, २० फागुन ।
सुनसरीको इटहरी २ दंगाल टोलमा भएको कुटपिटमा २ जना घाईते भएका छन् । यसरी घााईते हुनेमा २३ बर्षिय सन्तोष घिमिरे र उनकै भाइ २१ बर्षिय सम्पूर्ण घिमिरे छन् । सोही ठाउँका आकाश तामाङ र बिशाल मगरले राती १० बजेतिर सामान्य विवाद हुँदा कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते दुवैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने कुटपिट गर्ने दुवै फरार रहेरकाले खोजी भइरहेको प्रहरी चौकी तरहराले जनाएको छ।
यता मोरङको पथरी–शनिश्चरे नगरपालिका १० स्थित त्रिवेणी चोक बस्ने २४ बर्षिय बिजय राईसमेत कुटपिटबाट घाइते भएका छन्। उनलाई ६÷७ जनाको समुहले बेलुका १० बजेतिर कुटपिट गरेको स्थानियले बताए । कुटपिटबाट घाइते राईको पथरी अस्पतालमा उपचार भईरहेको छ भेन कुटपिट गर्ने समुहको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्