दुर्घटनामा एक बालिका सहित दुई जनाको मृत्यु

<span class='c1'>दुर्घटनामा एक बालिका सहित</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

विराटनगर, २० फागुन ।
इलाममा भएको पिकअप दुर्घटनामा एकजनाको ज्यान गएको छ । चालक इलाम नगरपालिका ५ बस्ने २९ वर्षीय टिका मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल ईलाममा ज्यान गएको हो ।
सह–चालकसहित अन्य ४ जना गम्भीर घाइते भएका छन। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। मे १ ज १६७३ नम्बरको पिकअप गाडी इलाम नगरपालिका ४ स्थित थरथरे भन्ने स्थानमा सडकबाट ४० मिटर तल खसेको हो।
यसैविच, मोरङको जहदा गाउँपालि १ धोनी टोलमा ट्याक्टरबाट खसेर चार वर्षीया एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। आफ्नै घर अगाडी रोकी राखेको को २ त ५३०६ नम्बरको ट्याक्टरबाट खस्दा घाइते भएकी झिगरुया सरवरियाको नातिनी सिमा सरवरियाको उपचारका क्रममा आइतबार विहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्