पेट्रोलको मूल्य घट्यो

पेट्रोलको मूल्य घट्यो

काठमाडौँ, २१ फागुन  ।  नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ रुपैयाँबाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अब निगमले पाक्षिकरुपमा १५ करोड रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरिएको छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्