विराटनगरको आरोहण गुरुकुलमा राष्ट्रिय महिला रंग उत्सव हुने

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा राष्ट्रिय</span> <span class='c2'>महिला रंग उत्सव हुने</span>

विराटनगर, २१ फागुन ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान राष्ट्रिय नाँचघरको संयुक्त आयोजनामा मंगलबारदेखि विराटनगरमा राष्ट्रिय महिला रङ्ग उत्सव, एकल नाट्य प्रस्तुती हुने भएको छ ।
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन हुने नाटकमा महिला कलाकारले मात्रै अभिनय गर्नेछन् । तीनदिनसम्म चल्ने महोत्सवमा हरेक दिन तीनवटा शो हुनेछ । कार्यक्रमबारे जानकारी दिनुहुँदै प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख प्राज्ञ रमेशरञ्जन झाले नेपालमै पहिलोपटक यस किसिमको कार्यक्रम गर्न लागिएको बताउनुभयो ।
उहाँका अनुसार लोकसञ्चार नाट्य समूह जनकपुर, झोराहाट नाट्य समूह मोरङ, परिवर्तन थिएटर काँकडभिट्टा, शिल्पी कला समूह काठमाडौं, सद्भाव थिएटर, क्षितिज नाट्य समूह विर्तामोड, ख्वाप्कीमी कला संस्थालगायतका नाट्य समूहले महोत्सवमा सहभागिता जनाउँदैछन् । रंगमञ्चमा महिला सहभागिता बढाउने उद्देश्यले महोत्सव गर्न लागिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जानकारी दिनुभयो । महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको र कलाकारहरु विराटनगर आउने क्रम सुरु भइसकेको स्थानीय संयोजक प्रविणनारायण चौधरीले जानकारी दिनुभयो । महोत्सवको स्थानीय व्यवस्थापन आरोहण गुरुकुल विराटनगर, दहेजमुक्त मिथिला र मैथिली सेवासमितिले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्