नेपाल पुलिस झापा गोल्डकपको क्वाटर फाईनलमा

नेपाल पुलिस झापा गोल्डकपको क्वाटर फाईनलमा

विराटनगर, २१ फगुन । 

रुपन्देही–११ लाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब झापामा जारी तेस्रो झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न प्रतिस्पर्धामा रुपन्देहीलाई १–० गोलअन्तरले पराजित गर्दै पुलिस अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलको ८३ औं मिनेटमा पुलिसका तर्फबाट रेजिन सुब्बाले गरेको गोल नै निर्णयक बन्यो । खेलको म्यान अफ द म्याच पुलिसकै सुमन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । भोलि अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र रुस्लान थ्रि स्टारबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्