सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा सोमबार रुखबाट खस्दा एक महिलाको ज्यान गएको छ । लिखुपिके ५ मैदानेस्थित लाक्पा शेर्पाको घरमा विगत एक वर्षदेखि काम गर्दै आएकी सोलुखुम्बु दुधकुण्ड नगरपालिका १ लोदिङ बस्ने ३५ वर्षीया फुरी शेर्पाको घरनजिकै खस्रेको रूखबाट घाँस झार्ने क्रममा तल खस्दा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे विहान ८ बजे प्रहरी चौकी किन्जामा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमान्डमा टोली खटिगई थप अनुसन्धान कार्य भइ रहेको छ।