इलाममा पर्यटक बढे तर आम्दानी भने बढ्न सकेन

<span class='c1'>इलाममा पर्यटक बढे तर</span> <span class='c2'>आम्दानी भने बढ्न सकेन</span>

जिल्लाका बजार केन्द्र बास बस्ने ठाउँ मात्र बनेको छ । इलामबजार, फिक्कल, पशुपतिनगरले अझै पनि पर्यटकलाई आर्कषण गर्न सकेको छैन ।

यि वजार क्षेत्रहरु पर्यटकका लागि मात्र वास वस्ने ठाउँ बनेको ब्यवसायीहरु बताउँछन् ।

पर्याप्त प्रचारप्रसार र आर्कषण गर्ने पूर्वाधार नबन्दा यहाँको बजार एकरात बास बस्ने ठाउँ मात्र बनेको छ । बास बस्न मात्र आउने पर्यटकबाट सोचे जस्तो आम्दानी नभएको होटल ब्यवसायी बताउँछन् ।

मौसम खुले सँगै पर्यटक धेरै संख्यामा इलाम भित्रिएका छन् । यस वर्षको साउनदेखि हालसम्ममा ६८ हजार १ सय ४ जना पर्यटक इलाम भित्रिएका थिए भने पुस महिनामा मात्र १८ हजार माथी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रको तथ्यांकमा उल्लेख छ ।

गएको वर्ष ६२ हजारको हाराहारीमा मात्र पर्यटक आएकोे इलाम पर्यटन सूचना केन्द्र कोल्बुङ जोरकलशका सूचना अधिकारी गगन घिमिरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्